नेभिगेशन
समाचार

प्रधानमन्त्रीलाई बालेन शाहको तीखो सन्देश: "मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला!"

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई कडा सन्देश दिएका छन्। उनले फेसबुकमा एउटा पोस्ट लेख्दै आफूलाई पराजित गर्न गरिएको प्रयासप्रति आक्रोश पोखेका छन्।

 पेट मारेर मलाई हराउन खोज्नु भाको छ, हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिँडेको मान्छे!" भन्दै उनले सरकारप्रति गम्भीर प्रश्न उठाएका छन्।

बालेन शाहको यो भनाइ राजनीतिक रूपमा निकै महत्वपूर्ण मानिएको छ। उनले आफूलाई हराउन गरिएका प्रयासहरूलाई राष्ट्रघातकै संज्ञा दिँदै प्रधानमन्त्रीलाई सचेत गराएका छन् – "मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला!"

बालेन शाहको यो पोस्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। धेरैले उनको भनाइको समर्थन गर्दै सरकारको नीति तथा व्यवहारप्रति असन्तोष व्यक्त गरेका छन्।

बालेन शाह सरकारको निशानामा?

राजधानीको व्यवस्थापन, अतिक्रमण हटाउने अभियान, कर संकलनमा कठोर नीति, र अन्य प्रशासनिक निर्णयहरूका कारण मेयर बालेन शाह निरन्तर विवादमा छन्। उनका केही निर्णयहरू सरकारले रोक्ने प्रयास गरेको आरोप लाग्दै आएको छ।

विश्लेषकहरू भन्छन् – बालेन शाहका योजनाहरूलाई असफल बनाउन सरकारका उच्च तहबाट नै दबाब आइरहेको छ। यो पोस्टले त्यही असन्तुष्टिको झल्को दिएको छ।

बालेन शाहको यो सन्देश के संकेत दिन्छ? के सरकार साँच्चै उनलाई हराउने रणनीतिमा छ? अब प्रधानमन्त्री वा सत्तारूढ दलको प्रतिक्रिया कस्तो आउँछ? यसबारे सबैको चासो बढेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update