नेभिगेशन
समाचार

गरिब बिपन्न परिवारका लागि निःशुल्क कपडा उपलब्ध गराउँदै ‘कपडा बैंक’

हुनेले दिएर सहयोग गरौँ, नहुनेले लगेर अभियानमा सहभागी बनौँ’ यो नारासहित थालिएको अभियानबाट आङ ढाक्ने एकसरो लुगाको अभाव झेल्न बाध्य विपन्न व्यक्तिले राहत महसुस गरेका छन् ।

मानवीय सेवामा समर्पित भएर थालिएको यो अभियान बैतडीको शाहीलेक बजारमा झण्डै एक वर्षदेखि सञ्चालित कपडा बैंकमार्फत कार्यान्वयन भइरहेको छ । 

बैतडीकै मेलौली नगरपालिका क्षेत्रमा पनि यसको शाखा सञ्चालनमा छ । हुनेखाने सम्पन्न व्यक्ति÷संस्थाले सित्तैमा बैंकलाई ओड्ने ओछ्याउने र लगाउने लुगा उपलब्ध गराइरहेका छन् भने नहुने विपन्न व्यक्तिले बैंकमार्फत निःशुल्क लुगा पाइरहेका छन् ।

मेलौली नगरपालिकास्थित धर्मघर माध्यमिक विद्यालयका शिक्षक लोकराज जोशीले कपडा बैंकले विद्यालयका गरिब एवं विपन्न व्यक्तिका छात्रछात्रा र गाउँका असहाय विपन्न व्यक्तिलाई निःशुल्क ओड्ने, ओछ्याउने, लगाउने लुगा उपलब्ध गराएर उदाहरणीय काम गरेको बताए । 
 
    स्थानीय गोपालदत्त भट्टले गरिब, दिनदुःखीको सेवाका लागि खोलिएको कपडा बैंक मानवीय सेवाको उत्कृष्ट उदाहरण भएको बताए । 
 
कपडा बैंक सञ्चालक महेशदत्त भट्टले झण्डै एक वर्षदेखि सञ्चालित कपडा बैंकबाट यो अवधिमा गरिब एवं अतिविपन्न नौ सय ७८ परिवारका व्यक्तिलाई कपडा निःशुल्क उपलब्ध गराइएको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update