नेभिगेशन
समाचार

अध्यक्ष समिक बडालको नेतृत्वमा बसेको बैठकले RR क्याम्पस स्ववियु अध्यक्षका उम्मेदवारमा लोकेश खडका

अध्यक्ष समिक बडालको नेतृत्वमा बसेको बैठकले RR क्याम्पस स्ववियु अध्यक्षका उम्मेदवारमा लोकेश खडका

अध्यक्ष समिक बडालको नेतृत्वमा बसेको बैठकले RR क्याम्पस स्ववियु अध्यक्षका उम्मेदवारमा लोकेश खडका चयन

काठमाडौं – अध्यक्ष समिक बडालको नेतृत्वमा बसेको बैठकले आरआर क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि अध्यक्ष पदमा लोकेश खडकालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

बैठकमा विभिन्न सम्भावित उम्मेदवारहरूमाथि छलफल भएपछि खडकालाई सर्वसम्मत रूपमा अध्यक्ष पदको उम्मेदवार चयन गरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। स्ववियु निर्वाचन नजिकिँदै गर्दा विद्यार्थी संगठनहरू आन्तरिक रणनीति बनाउँदै अगाडि बढिरहेका छन्।

आरआर क्याम्पसमा स्ववियु निर्वाचनका लागि उम्मेदवार टुंग्याउने प्रक्रियाले तीव्रता पाइरहेको छ। विद्यार्थीहरूबीच चुनावी सरगर्मी बढिरहेको छ भने विभिन्न विद्यार्थी संगठनहरू आ-आफ्ना रणनीति बनाउन सक्रिय छन्।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update