नेभिगेशन
समाचार

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिकामा ट्याक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिकामा ट्याक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिकामा ट्याक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।

विहिबार राति करिब १०:३० बजे कुशे गाउँपालिका-६ थर्पुभार्माबाट कुशे-३ टापुचौरतर्फ जाँदै गरेको भे १ त ८८४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा कुशे गाउँपालिका-४ का अन्दाजी ५० वर्षीय धन बहादुर दामाईको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय जाजरकोटका ट्राफिक प्रमुख प्रहरी सहायक निरीक्षक दिलिप कुमार बुढाक्षेत्रीले जानकारी दिएका छन्।

ट्याक्टर चालक कुशे गाउँपालिका-४ का १९ वर्षीय राजेन्द्र सिंहलाई इलाका प्रहरी कार्यालय अर्छानले नियन्त्रणमा लिएको छ।

घटनाको थप अनुसन्धानका लागि इन्स्पेक्टर सन्तोष चन्दको नेतृत्वमा जिल्लाबाट १० सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ गएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update