नेभिगेशन
समाचार

भूूमि आयोग जुम्लाका अध्यक्ष शाहिबाट सदस्यहरूलाई सपथ ग्रहण

भूूमि आयोग जुम्लाका अध्यक्ष शाहिबाट सदस्यहरूलाई सपथ ग्रहण

भूूमि आयोग जुम्लाका अध्यक्ष शाहिबाट सदस्यहरूलाई सपथ ग्रहण

जुम्ला, फागुन १५ – भूमि आयोग जुम्लाका अध्यक्ष सुरत बहादुर शाहिले सदस्यहरूको पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन्।

एक विशेष समारोहका बीच सपथ ग्रहण गराइएपछि नव नियुक्त सदस्यहरूले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा आयोगका पदाधिकारी, स्थानीय प्रशासनका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

अध्यक्ष शाहिले नव नियुक्त सदस्यहरूलाई शुभकामना दिँदै भूमिसम्बन्धी कामहरू पारदर्शी र न्यायोचित रूपमा अघि बढाउन आग्रह गरे। उनले आयोगको मुख्य उद्देश्य भूमिहीन तथा सुकुम्बासीहरूलाई कानुनी रूपमा जमिन उपलब्ध गराउने भएकाले सबैले इमानदार भएर काम गर्नुपर्ने बताए।

सपथ ग्रहणसँगै भूमि आयोग जुम्लाले आफ्नो कामलाई थप गति दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update