नेभिगेशन
समाचार

महानगरपालिकाले ‘बुलेट आमा’ शुशिला उप्रेती तिवारीको मोटरसाइकल यात्राप्रति प्रशंसा व्यक्त गर्दै उनलाई विशेष सम्मान गरेको छ।

काठमाडौं महानगरपालिकाले ‘बुलेट आमा’ शुशिला उप्रेती तिवारीको मोटरसाइकल यात्राप्रति प्रशंसा व्यक्त गर्दै उनलाई विशेष सम्मान गरेको छ।

सोमबार उपप्रमुख सुनिता डंगोलले तिवारीलाई प्रशंसा पत्र प्रदान गर्दै उनको आगामी अन्तरदेशीय यात्राको सफलताको शुभकामना दिइन्।

कार्यक्रमका क्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपानेले मायाको चिनो प्रदान गरे भने प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले खादा ओढाएर सम्मान जनाए।

सम्मान प्रदान गर्दै उपप्रमुख डंगोलले तिवारीको मोटरसाइकल यात्रा नेपाली महिलाको साहसिक र प्रेरणादायी पहिचान भएको उल्लेख गरिन्। ‘५५ वर्षको उमेरमा गुन्युचोली लगाएर मोटरसाइकल यात्रा गर्नु अरु महिलाका लागि नयाँ प्रेरणा हो,’ उनले भनिन्।

झापाको बुधबारेकी ५५ वर्षीया तिवारीले विश्वशान्तिको कामना गर्दै गएको भदौ ५ गते मेचीबाट मोटरसाइकल यात्रा सुरु गरेकी थिइन्। नवौँ दिनको मध्यान्नमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरस्थित गड्डाचौकी पुगेर उनले यात्राको पहिलो चरण सम्पन्न गरिन्।

आफ्नो विगतको यात्रा र आगामी योजनाबारे जानकारी दिँदै तिवारीले भनिन्, ‘सहासी र शसक्त नेपाली महिलाको पहिचान प्रवर्द्धन गर्न अब भारत, बंगलादेश, मलेसिया हुँदै थाइल्याण्डसम्म यात्रा गर्नेछु। यात्राका क्रममा भेटिने हरेक व्यक्ति र समुदायको सहयोग लिएर लक्ष्य पूरा गर्ने योजना छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update