शुक्रबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै पार्टी उपसभापति डा. स्वर्णिम वागलेले लामिछानेमाथि सिंगो राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहका साथ खनिएको आरोप लगाए।
उनले संवैधानिक व्यवस्थाको बेवास्ता गर्दै लामिछानेलाई निलम्बन गरिएको उल्लेख गर्दै उनले रास्वपाले यसको कानुनी निदान खोज्ने बताए। विश्व राजनीतिमा नयाँ शक्तिलाई नस्वीकार्ने, खिसिट्युरी गर्ने र आक्रमण गर्ने चलन नै रहेको उल्लेख गरे।
उनले आफूहरुले सभामुखको ध्यानाकर्षण गराएको उल्लेख गर्दै तत्कालै निलम्बन फुकुवा नगरे सदन चल्न नदिने संकेत गरे।
‘हामीले नै बनाएको संविधानको बेवास्ता गर्दै उहाँलाई निलम्वित गरिएको छ। त्यसको कानूनी उपचार हामी खोज्छौँ। आज शिष्टता र भद्रताका लागि पनि सम्माननीय सभामुखलाई निलम्बनप्रति आपत्ति छ, त्यसलाई फुकुवा गरिदिनुस् भनेर हामीले आग्रह गरेका छौँ। तर हामी त्यसको कानुनी निदान खोल्ने क्रममा नै अगाडि गइरहेका छौँ,’ उनले भने।