नेपाली जनताको विकास र समृद्धिप्रतिको चाहना निर्वाचनमा बाँडिने घोषणापत्र र मन्तव्यमा मात्र सीमित होइन, त्यो वास्तविकतामा परिणत हुनुपर्दछ र हुन्छ भन्ने मत बोक्ने पार्टी एमाले नै हो । यसका केही ऐतिहासिक नजिर, वर्तमानका योजना र भविष्यका नीतिलाई केलाएर हेर्दा पनि पुष्टि हुन्छ । नेपाल अहिले राजनीतिक होइन, विकासको ट्रान्जिटमा छ । त्यसबाट भरपर्दो उडान तय गर्न एमालेले आफूलाई पुनर्ताजगीका साथ जनतामाझ लैजानुपर्दछ । यही मान्यतासाथ वडाकेन्द्रित अभियानमा जुटेको हो । गत वैशाख ८ र ९ मा ललितपुरको गोदावरीमा सम्पन्न प्रथम राष्ट्रिय प्रतिनिधि परिषद् बैठकले राजनीतिक अस्थिरताको अन्त्य गर्न र सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न राजनीतिक स्थायित्वको बोधसहित एमालेलाई निर्णायक राष्ट्रिय शक्तिमा बदल्नुपर्दछ भन्ने निष्कर्ष निकाल्योपार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने पार्टीको विचार र एजेन्डाले हो । पार्टीले अवलम्बन गरेका विचार र एजेन्डालाई बोक्ने अनुशासित, गतिशील र बलियो संगठन आवश्यक पर्छ । यसको महसुस गर्दै २०७९ मा सम्पन्न ‘मिसन ग्रासरुट’ अभियानले स्थानीयस्तरमा देखिएका समस्या सही तरिकाले पहिचान गर्यो । त्यसपछि २०८० मंसिरमा झुलाघाट—चिवाभञ्ज्याङ २०८१ लाई एमालेले पार्टी शुद्धीकरण सुदृढीकरण अभियानका वर्षका रूपमा लियो । राष्ट्रिय महाधिवेशन प्रतिनिधिपरिषद्को बैठकले १८ बुँदे वार्षिक कार्ययोजनासमेत पारित गरेर त्यसअन्र्तगत काम बढायो पार्टी केन्द्रीय संगठन विभागको आयोजनामा २०८१ मंसिर २९, ३० मा सम्पन्न राष्ट्रिय कार्यशालाको निष्कर्ष समेतका आधारमा पार्टीको केन्द्रीय सचिवालयको ४४ औँ बैठकले २०८१ को माघ, फागुन र चैतमा तीन महिने वडाकेन्द्रित अभियान प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय गरेर उक्त अभियान जारी छ । निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजनाको अंगकारूपमा सञ्चालन गरिने तीन महिने अभियानमा आ–आफ्नो प्रदेशका केन्द्रीय तहदेखि सम्पूर्ण नेता र कार्यकर्ता परिचालनको योजना प्रदेश र जिल्ला कमिटीले बनाएर बढाइरहेका छन्
–पार्टी सदस्यता विस्तार, नवीकरण तथा अभिलेख व्यवस्थापन,
–प्रतिनिधि छनोट, अधिवेशन र नेतृत्व चयन,
–कमिटीको चेन अफ कमान्ड कायम गर्ने र कार्यकर्ताको मूल्यांकन परिपाटी व्यवस्थित गर्ने,
कमिटी सञ्चालनमा गुटबन्दी अन्त्य,
–कार्ययशैली, जीवनशैली र कार्यकर्ताको आचरणमा सुधार,
–आर्थिक–सामाजिक रूपान्तरण र जनचासोका विषय सम्बोधन,
–निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि निर्वाचनको व्यवस्थित तयारी ।
वडाकेन्द्रित पार्टी निर्माण अभियान २०८१ स्थानीयस्तरमा पार्टीको सबलीकरण, जनतासँग पार्टीको घनिष्ठता र ‘मिसन ८४’ लक्षित राष्ट्रिय अभियान हो । पार्टी सदस्य विस्तार गर्न, फागुन–चैतभित्रै सदस्यता नवीकरण गर्न पार्टी टोलसम्म संंगठनात्मक रूपमा गतिशील बनाउन, पार्टी जीवनको
रूपमा गतिशील बनाउन, पार्टी जीवनको शुद्धीकरण गर्न, भ्रामक प्रचारको प्रतिवाद गर्न, पार्टीको नीति र नेतृत्व स्थापित गर्न, कार्यकर्तामा आत्मविश्वास र जनतामा आशा जगाउन, जनताका माग–मुद्दा र समस्यामा अग्रसरता लिन मात्रै होइन ।
घर–घर पार्टीलाई पुर्याउन, महिला सदस्यता कम्तीमा ३३ प्रतिशत पुर्याउन, युवा नेतृत्व विकास गर्न, पार्टीलाई पूर्णतया प्रविधिमैत्रीबनाउन, वडासम्म जनसंगठनका कमिटी र सदस्य विस्तार गर्न अर्थात् जगैदेखि पार्टीलाई मजबुत जनाधारित पार्टी बनाउन तीन महिने विशेष अभियानको आवश्यकता परेको हो । यो अभियान वडा तहमा केन्द्रित छ र अभियानबाट वडामार्फत टोलस्तरका कमिटी सुरु गर्ने, नयाँ निर्माण गर्ने र नियमित रूपमा जनताको घर–घरसम्म पुग्ने परिपाटी बसाइनेछ ।
- अभियानको उद्देश्य र अपेक्षित उपलब्धि
अभियानको लक्ष्य समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न मजबुत जगमा खडा भएको बलियो एमाले बनाउनु नै हो ।
अभियानअन्तर्गत टोलसम्म पार्टी सदस्यता नवीकरण, विस्तार, संंगठन निर्माण र सबलीकरण, आधारभूत तहमा जनसंगठनका
कमिटी निर्माण तथा सदस्यता विस्तार हुनेछन् । पार्टी नीति तथा नेतृत्वविरुद्ध फैलाइने सबै प्रकारका भ्रम र राष्ट्रिय निराशा फैलाउने सबै खाले प्रयत्नको सबै तहमा तत्काल प्रभावकारी प्रतिवाद हुनेछ । पार्टी जीवनको शुद्धीकरण, स्थानीय तहको पार्टी नेतृत्वको क्षमता विकास र जनतामाझ नेतृत्व स्थापित गरिनेछ ।
अभियानबाट भौगोलिक र गैर भौगोलिक
करिब ८ हजार वडा/शाखा तहका कमिटी, टोल तथा प्रारम्भिक कमिटीस्तरका १० हजारभन्दा बढी कमिटीको क्रियाशीलता बढाई राष्ट्रिय रूपमा ३ लाखभन्दा बढी नेता कार्यकर्ता, पार्टी तथा जनसंगठन निर्माण, जनपरिचालन र पार्टी र नेतृत्वविरुद्ध भ्रामक प्रचारको प्रतिवाद हुुने अपेक्षा छ ।
यस अभियानले प्राप्त गर्ने अपेक्षित उपलब्धि भनेका जग तहमा पार्टी सदस्यता नवीकरगर्ने, पार्टी जिल्ला कमिटीको निर्णयले २०८२ का लागि योग्य ठहरिएका सबै पार्टी सदस्यले २०८१ चैतभित्रै नवीकरण गर्नेछन् । ९० प्रतिशत पार्टी सदस्य अनलाइन प्रणालीमा आउनेछन् । पार्टी सदस्यतामा दुई लाख नयाँ सदस्यहरू थप हुनेछन् । हाल रहेको ७ हजार ५ सय ९ वडास्तरको कमिटीमा थप ५ सय शाखा तथा वडास्तरका कमिटीहरू गठन हुनेछन् । बाँँकी सबै वडास्तरका कमिटीहरूको अधिवेशन चैत मसान्तभित्र सम्पन्न हुनेछन् । हाल रहेको टोलस्तरका कमिटीमा ५ हजार कमिटीहरू थप निर्माण हुनेछन् । जनसंगठनका स्थानीय अधिवेशन सबै सम्पन्न हुनेछन् । सम्बन्धित जनसंगठनको विधानबमोजिम वडा तहमा कमिटीहरू बन्नेछन् । सबै जनसंंगठनको सदस्यताको अभिलेख व्यवस्थित भएपछि हालको संंख्यामा कम्तीमा ७ लाख सदस्य थपिने छन् । पार्टीको नीति र नेतृत्वविरुद्ध फैलाइने सबै प्रकारका भ्रम र राष्ट्रिय निराशा फैलाउने प्रयत्नको तत्काल प्रभावकारी प्रतिवाद गरिने छ । लक्षित ३ महिनाको अवधिमा सामाजिक सञ्जालमा राष्ट्रिय समृद्धि आशा र जनताप्रति विश्वास जगाउने न्यूनतम एक लाख सन्देश प्रवाह हुने अपेक्षा छ ।
राष्ट्रिय निराशा फैलाउने, पार्टी र नेतृत्वविरुद्ध भ्रम फैलाउने सबै खालका प्रचार र षड्यन्त्रविरुद्ध तथ्यमा आधारित प्रभावकारी प्रतिकारमा डेडिकेटेड नेता कार्यकर्ता परिचालन हुनेछन् ।
एमाले निर्णायक र बलियो राष्ट्रिय शक्ति नबनी सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा हुन सक्दैन । नेपालमा कम्युनिस्ट आन्दोलनको रक्षा हुन सक्दैननेपालको कम्युनिस्ट आन्दोलनका लागि मात्र होइन नेपाली समाजकै लागि दुर्भाग्य बन्यो । यसबाट राष्ट्रले ठुलो धक्का बेहोरेको छ । हामीले निकै ठुलो मूल्य चुकाएर शिक्षा लिएका छौँ । अब नेताहरूका टाउका जोडेर वाम आन्दोलनको रक्षा हुन सक्दैन, कार्यकर्ताका मन जोड्नुपर्दछ । जनताको मन जित्नुपर्दछ भन्ने निष्कर्षका साथ एमाले आफ्ना गतिविधिमा केन्द्रित छ ।