नेभिगेशन
समाचार

सकियो नेपाली सुन्तला, आउन थाल्यो भारतबाट

सकियो नेपाली सुन्तला, आउन थाल्यो भारतबाट

बजारमा नेपाली सुन्तला आउन छाडेको छ।

सिजन सकिएसँगै नेपाली सुन्तला आउन छाडेको हो। बजारमा नेपाली सुन्तला सकिन थालेसँगै भारतीय सुन्तला आउन थालेको व्यवसायीहरूले बताएका छन्।

फलफूल व्यवसायीहरूका अनुसार नेपाली सुन्तला असोज–कात्तिकदेखि माघ अन्तिमसम्म आउँछ। त्यसपछि भने भारतीय सुन्तला बढी मात्रामा भित्रिन थाल्छन्।

त्यसयता पनि थोरै मात्रामा भारतीय सुन्तला आउने गरेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार भारतीय सुन्तलाको मूल्य प्रतिथोक एक सय २० देखि एक सय ४० रूपैयाँ छ।

अहिले भारतीय सुन्तलाको सिजन सुरू भएको फलफूल व्यवसायी अमन बानियाँले जानकारी दिए। 

'भारतीय सुन्तला पनि मिठो हुन्छ,' उनले भने, 'यी सुन्तलामा रस बढी हुन्छ।'

अहिले फलफूलमा मेवा, खरबुजा र अंगुरको सिजन भएको उनी बताउँछन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update