नेभिगेशन
समाचार

राराको होटेलमा आगलागी, पाहुनालाई निकुञ्ज कार्यालय सारियो

रारा तालको किनारमा रहेको एक होटेलमा आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन् ।

बुधबार राति भएको आगलागीबाट काठै काठको संरचनाले बनेको ती भवनमा क्षति पुगेको छ । नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्रणमा लिएका थिए ।  आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वका १५ जना प्रहरी टोली रारा पुगेको थियो ।

प्रहरी, सेना र सशस्त्र प्रहरीले होटलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकै रहेका होटल,सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको थियो । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update