नेभिगेशन
समाचार

विचाराधीन विधेयक फिर्ता नलिई सरकारले अध्यादेश ल्यायो :,हितराज पाण्डे

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद्को समितिमा विचाराधीन विधेयक फिर्ता नलिई अध्यादेश ल्याएकोमा विरोध गरेका छन् । शुक्रवार संसद्को अधिवेशनलाई सम्बोधन गर्दै उनले अध्यादेश ल्याउनु बेठिक भएको भन्दै विरोध गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद्को समितिमा विचाराधीन विधेयक फिर्ता नलिई अध्यादेश ल्याएकोमा विरोध गरेका छन् । शुक्रवार संसद्को अधिवेशनलाई सम्बोधन गर्दै उनले अध्यादेश ल्याउनु बेठिक भएको भन्दै विरोध गरेका हुन् ।सरकारले आवश्यकता अनुसार अध्यादेश ल्याउन पाइन्छ । संविधानमा उल्लेख छ । अध्यादेश संसद्को समितिमा छलफल भइरहेका बेला फिर्ता नलिई सरकार अध्यादेशमार्फत जान खोजेको त्यो बेठिक छ । समितिमै छलफल गरेको भए छिटो कानुन बन्थ्यो । जसरी सरकार संसद् छलेर अध्यादेशको बाटोमा गएको छ । त्यसको विरोध गर्दछौँ’, उनले भने । यस्तै उनले प्रमुख सचेतक र मुख्य सचेतकलाई बोलाएर सदन सञ्चालन सम्बन्धमा छलफल गर्ने अभ्यास यसपटक तोडिएको आरोप लगाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update