नेभिगेशन
समाचार

नेतन्याहूले दक्षिणी सिरियालाई सैन्यमुक्त गर्ने सुझाव दिएपछि विरोध प्रदर्शन

नेतन्याहूले दक्षिणी सिरियालाई सैन्यमुक्त गर्ने सुझाव दिएपछि विरोध प्रदर्शन

एजेन्सी । दमास्कसको दक्षिणी क्षेत्रमा सिरियाको अन्तरिम सरकारी सेनाको उपस्थितिलाई अस्वीकार गर्ने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको हालैको टिप्पणीको प्रतिक्रियामा दक्षिणी सिरियाभर विरोध प्रदर्शन सुरु भएको छ । आइतवार एक सम्बोधनमा नेतन्याहूले इजरायलले एचटीएस (हयात तहरीर अल–शाम) सेना वा नयाँ सिरियाली सेनालाई दमास्कसको दक्षिणी क्षेत्रमा प्रवेश गर्न नदिने बताएका थिए । उनले दक्षिणी सिरियाको पूर्ण सैन्य मुक्तिकरणमा जोड दिएका थिए ।जसले देशभर व्यापक आक्रोश बढाएको छ । स्वेइदा, दारा, दमास्कस र कुनेइट्रा लगायत धेरै सिरियाली शहरहरूमा प्रदर्शनहरू भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update