प्रदिप गिरीको सालिनता र भद्रतालाई कदर गर्दै यस कार्यक्रम गरिएको र यस कार्यक्रमबाट विद्यार्थीहरूलाई संसदीय प्रक्रिया र कानुन निर्माणका सन्दर्भमा प्रशिक्षण गराउनु मुख्य उद्देश्य रहेको कुरा नेपाल विद्यार्थी सङ्घ नेपाल ल क्याम्पसका इकाई सभापति मोहम्मद माजिद परवेज ले जानकारी दिए।
प्रतिस्पर्धीहरूलाई फागुन ११ गते संसदीय प्रक्रियाबारे अभिमुखीकरण गरी चार फरक दलहरूमा विभाजन गरिएको थियो। दल विभाजन गरेपछि दोस्रो र तेस्रो ठूलो दल मिलेर सरकार बनायो भने पहिलो ठूलो दल र सबैभन्दा सानो दल ले प्रतिपक्षको कमान सम्हाल्यो।
फागुन १२ गते हरेक दलको छुट्टाछुट्टै सल्लाहकारसँग विशेष परामर्श गराइयो। जसपश्चात फागुन १३ गते नमुना संसदीय सभाको सदन चल्यो।
संघीय बहसमा युवा (YFD) Facilitating Partner रहेको उक्त कार्यक्रममा यसै संस्थाका तर्फबाट प्रवीण भट्ट सभामुखको भूमिकामा देखिए। साथै यस कार्यक्रममा पढ्छ नेपाल Stationery Partner को रूपमा जोडिएको थियो भने यस कार्यक्रम सम्बन्धी समाचार सम्प्रेषण गर्न जिम्मेवार न्युज Partner का रूपमा आबद्ध थियो।
संसदीय सभामा सामाजिक सञ्जाल विधेयक २०८१ माथि छलफल गराइयो र यस विधेयकलाई संशोधनसहित बहुमतले पारित पनि गरियो।
समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रममा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरे प्रमुख अतिथिका रूपमा र विशेष अतिथिका रुपमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलिया उपस्थित हुनुहुन्थ्यो।
पुरस्कार वितरण कार्यक्रममा विभिन्न पाँच शीर्षकमा पुरस्कार वितरण गरियो। बीपी कोइराला उत्कृष्ट नेता पुरस्कार श्रीजन नेपालले ग्रहण गरे भने कृष्णप्रसाद भट्टराई उत्कृष्ट वक्ता पुरस्कार प्रविना कट्टेलले हात पारिन्। त्यस सँगसँगै, गिरिजाप्रसाद कोइराला उत्कृष्ट कूटनीतिज्ञ पुरस्कार सत्यराज कार्कीले पाउँदा प्रदीप गिरी उत्कृष्ट खोजकर्ता पुरस्कार अभिषेक दंगालले पाए र शैलाजा आचार्य उत्कृष्ट महिला सांसद जुली पोख्रेल बनिन्।
यस कार्यक्रमले संसदीय सभा, त्यसको कार्यविधि, कानुन निर्माणको प्रक्रिया, कूटनीति, राजनीति, विचार र बहसबारे विद्यार्थीहरूमा बिउ बिजन गरेको कार्यक्रम संयोजक आशिष सापकोटाले जानकारी दिए।