नेभिगेशन
समाचार

भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्ष नेपालमा

भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्ष नेपालमा

काठमाडौँ ।  भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्ष मंगलबार नेपाल आएका छन् । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन उनीहरु नेपाल आएका हुन् । नेपाल आउनेहरुमा जोगिन्दर जसवन्त सिंह (अ.प्रा.),  दीपक कपुर (अ.प्रा.), विजय कुमार सिंह (अ.प्रा.),  दलवीर सिंह सुहाग (अ.प्रा.),  मनोज मुकुन्द नरवणे (अ.प्रा.) र मनोज पाण्डे (अ.प्रा.) रहेका छन् । 
उनीहरुले विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update