नेभिगेशन
समाचार

कंगोमा जारी युद्धमा ७ हजार मारिए

कंगोमा जारी युद्धमा ७ हजार मारिए

कंगो । कङ्गोमा जनवरीयता झन्डै ७ हजार जना मारिएका छन् । त्यहाँका प्रधानमन्त्रीले सोमबार जेनेभामा जुडिथ सुमिन्वा तुलुकाले मानव अधिकार परिषद्को उच्चस्तरीय बैठकमा यस्तो बताएका हुन् ।लडाइँमा विस्थापित भएकाहरूलाई राख्न प्रयोग हुँदै आएका ९० क्याम्प ध्वस्त भएपछि ४ लाख ५० हजार मानिस छतबिन बनेको तुलुकाले बताएका छन् । सशस्त्र समूह एम२३ले कंगोमा एक दशकभन्दा बढी समययताकै भयानक द्वन्द्व गराइरहेको छ । यस समूहले पूर्वका कयौं क्षेत्रलाई नियन्त्रणमा लिएर बहुमूल्य खनिज खानीमाथि कब्जा जमाएको छ ।एम२३ लाई रुवान्डाको समर्थन रहेको कंगो, संयुक्त राष्ट्र संघ र पश्चिमी देशहरूले आरोप लगाउँदै आएका छन् । तर रुवान्डाले भने यो आरोप खण्डन गर्दै आएको छ । एम२३ लाई रुवान्डाको समर्थन रहेको कंगो, संयुक्त राष्ट्र संघ र पश्चिमी देशहरूले आरोप लगाउँदै आएका छन् । तर रुवान्डाले भने यो आरोप खण्डन गर्दै आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update