नेभिगेशन
समाचार

धुलिखेलमा बस पल्टियो, २४ जना घाइते

धुलिखेलमा बस पल्टियो, २४ जना घाइते

काभ्रेको धुलिखेलमा बस पल्टिएको छ।

मं‌गलबार बिहान सवा ८ बजे धुलिखेल नगरपालिका-१० सारादा बतासेस्थित बिपी राजमार्गमा बस पल्टिँदा २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिए।

बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको बस आफै अनियन्त्रित भई सडकको नालीमा पल्टिएको हो।दुर्घटना भएको खबरपछि प्रहरीको टोली खटिएको थियो। दुर्घटनामा घाइते भएका २४ जनालाई धुलिखेल अस्पतालमा पठाइएको हो। चालक र सहचालक गम्भीर घाइते छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update