नेभिगेशन
समाचार

महाकुम्भ मेलामा डुबुल्की लगाएपछि भक्तजनलाई छाला रोगको समस्या

महाकुम्भ मेलामा डुबुल्की लगाएपछि भक्तजनलाई छाला रोगको समस्या

महाकुम्भ मेलामा डुबुल्की लगाएपछि भक्तजनलाई छाला रोगको समस्या

हरिद्वार, फाल्गुन १३ – महाकुम्भ मेलामा स्नान गरेका धेरै भक्तजनमा लुतो तथा अन्य छाला सम्बन्धी रोग देखा परेको छ। धार्मिक आस्थाका साथ गङ्गा नदीमा डुबुल्की मार्न आएका हजारौं भक्तजन स्नानपछि छालामा चिलाउने, रातो दाग देखिने र एलर्जी जस्ता समस्या लिएर अस्पताल पुग्न थालेका छन्।

चिकित्सकहरूका अनुसार पानीमा रहेको फोहोर, ब्याक्टेरिया तथा अन्य प्रदूषक तत्वका कारण यस्ता समस्या उत्पन्न भएको हुन सक्छ। "नदीको पानी प्रदूषित हुँदा यसले छालामा संक्रमण फैलाउने जोखिम रहन्छ," एक छाला रोग विशेषज्ञले बताए।

यस समस्याबाट जोगिनका लागि चिकित्सकहरूले सफा पानीले नुहाउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने र कुनै समस्या देखिएमा तुरुन्त उपचार गर्न सुझाव दिएका छन्।

महाकुम्भ मेला धार्मिक आस्थाको ठूलो पर्व भएकाले लाखौं भक्तजन यहाँ पुग्ने गर्छन्। तर, पानीको स्वच्छता र स्वास्थ्य सुरक्षामा ध्यान नदिँदा यस्ता समस्याहरू बारम्बार देखिने गरेका छन्।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update