नेभिगेशन
समाचार

प्यालेस्टिनी कैदीहरूको रिहाइमा हमासले इजरायलसामु राख्यो यस्तो शर्त

प्यालेस्टिनी कैदीहरूको रिहाइमा हमासले इजरायलसामु राख्यो यस्तो शर्त

तेल अभिभ ।  गाजा युद्धविराम सम्झौतामा हमासले इजरायलसमक्ष आफ्ना सर्तहरू राखेको छ । हमासले इजरायलसँग गाजा युद्धविराम सम्झौताको अर्काे चरणमा वार्ता गर्ने बताएको छ, जसमा सहमति अनुसार जेलमा रहेका प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने सर्त राखिएको थियो । इजरायलले आइतबार ६०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूको रिहाइ रोक्का गरेको थियो । हालै हमासले रिहा गरेको छ जना जीवित र चार जना मृत बन्धकहरूको बदलामा ती बन्दीहरूलाई रिहा गर्नु पर्थ्यो  । तर हमासले बन्धकहरूलाई गरिएको बर्बर व्यवहारलाई उद्धृत गर्दै इजरायलले यसो गर्न मानेन । प्यालेस्टिनी कैदीहरूलाई रिहा नगर्ने इजरायली अडानका कारणले सम्पूर्ण सम्झौता गम्भीर खतरामा परेको हमासका एक वरिष्ठ अधिकारीले भनेका थिए ।उनले मध्यस्थकर्ताहरू, विशेष गरी अमेरिकालाई इजरायलमाथि दबाब दिन आह्वान गरेका छन् । सम्झौताको पहिलो चरण र छ हप्ताको अस्थायी युद्धविराम शनिबार समाप्त हुँदै छ । तर दोस्रो चरण र युद्ध अन्त्य गर्ने अप्रत्यक्ष वार्ता अझै सुरु भएको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update