नेभिगेशन
समाचार

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज आउँदै, कस्तो होला महाप्रसादको अन्तिम नीतिगत निर्णय ?

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज आउँदै, कस्तो होला महाप्रसादको अन्तिम नीतिगत निर्णय ?

काठमाडौँ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज हुँदैछ । नेपाल राष्ट्र बैंकले तयार गरेको मौद्रिक नीतिलाई सञ्चालक समिति बैठकले पारित गरी आजै सार्वजनिक गर्नेगरी तयारी गरिएको हो । यसका लागि आज बेलुकी सञ्चालक समितिको बैठक बोलाइएको एक अधिकारीले जानकारी दिए । मौद्रिक नीतिको प्रत्येक त्रैमासमा समीक्षा हुने व्यवस्था छ । प्रत्येक त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । मौद्रिक नीतिको समीक्षा गर्ने भए पनि यस पटक पनि ठुलो नीतिगत परिवर्तन हुनसक्ने सम्भावना नरहेको स्रोतले जानकारी दियो ।गभर्नर महाप्रसाद अधिकारीले गर्ने अन्तिम नीतिगत निर्णयको रुपमा लिइएको यो समीक्षामा गभर्नर अधिकारीले केही सहुलियतका कार्यक्रम घोषणा गर्छन् भन्ने अपेक्षाबिच ठुलो नीतिगत परिवर्तन नहुने अवस्था रहेको बताइएको हो । राष्ट्र बैंकले पहिलो त्रैमासमा पनि राष्ट्र बैंकले मौद्रिक नीतिमा कुनै परिवर्तन गरेको थिएन 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update