नेभिगेशन
समाचार

कोहलपुरमा मोटरसाइकल र अटो ठोक्किँदा दुई जनाघाइते,

कोहलपुरमा मदनचोक नजिक मोटरसाइकल र अटो आपसमा ठोकिँदा दुइ जना घाइते भएका छन्।

कोहलपुरमा मोटरसाइकल र अटो ठोक्किँदा दुई घाइते

कोहलपुर, बाँके – कोहलपुर-३ मदनचोक नजिकै मोटरसाइकल र अटो आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।

बैजनाथ-७ का अमलेश थारू र कोहलपुर-१५ निवासी रेणु थारू उक्त दुर्घटनामा घाइते भएको प्रहरी स्रोतले जनाएको छ। दुर्घटना बिहीबार साँझ करिब ७ बजे भएको बताइएको छ।

स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार तीव्र गतिमा गइरहेको मोटरसाइकल अटो सँग ठोक्किँदा दुबै सवारी साधन सडकमा पल्टिएका थिए। दुर्घटनापछि स्थानीय तथा प्रहरीको सहयोगमा घाइतेहरूलाई नजिकैको अस्पताल लगिएको छ।

हाल घाइतेहरूको अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन्। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

यस प्रकारका दुर्घटनाहरू न्यूनीकरण गर्न ट्राफिक नियमको पालना गर्न र सवारी साधन सावधानीपूर्वक चलाउन सम्बन्धित निकायले आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update