नेभिगेशन
समाचार

महाकाली सिचाईं तेस्रो परियोजना प्रभावित मुक्त कमैया परिवारलाई मुआब्जा उपलब्ध गराउन माग,

नेपाली कांग्रेसका सांसद एनपी साउदले कञ्चनपुरको महाकाली सिचाईं तेस्रो परियोजना विस्तारका क्रममा प्रभावित हुन पुगेका मुक्त कमैया परिवारलाई तत्काल मुआब्जा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै कञ्चनपुर–२ बाट निर्वाचित कांग्रेस सांसद साउदले सिचाईं परियोजनाबाट प्रभावित शुक्लाफाँटा नगरपालिका– ८ र ९ मा बसोबास गर्दै आएका मुक्त कमैयालाई तत्काल मुआब्जा उपलब्ध गराउन सरकारसँग माग गरेका हुन् ।

महाकाली सिचाईं तेस्रो परियोजना विस्तारका क्रममा केही किसानको जग्गा अधीग्रहणमा परेको छ । अधीग्रहणमा परेको जग्गामध्ये शुक्लाफाँटा नगरपालिका–८ र ९ का मुक्त कमैयालाई उपलब्ध गराइएको जमिन पनि परेको छ,’ उनले भने, जमिन अधीग्रहणमा परेका केहीले मुआब्जा पाइरहेको पनि भूमि सुधार मन्त्रालयले सिंचाईं मन्त्रालयलाई पत्र नदिएका कारण मुआब्जा रोकिँदा मुक्तकमैयाहरु फेरि बेघर भएका छन्।’

महाकाली सिचाईं तेस्रो परियोजनाबाट कृष्णपुर नगरपालिका १ र ४ का किसानहरु पनि मार्का परेका छन् । त्यहाँका किसानलाई दिइने मुआब्जाको पुनर्विचार गरी वृद्धि गरिदिन र शुक्लाफाँटाका मुक्त कमैयालाई तत्काल मुआब्जा उपलब्ध गराइदिन सम्मानित सदनमार्फत् सरकारसँग अनुरोध गर्छु,’ साउदले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update