नेभिगेशन
समाचार

देश विकास गर्न छिमेकी राष्ट्रको प्रविधि उपयोग गर्न विज्ञहरूको सुझाव

देश विकास गर्न छिमेकी राष्ट्रको प्रविधि उपयोग गर्न विज्ञहरूको सुझाव

काठमाडौँ । नेपालले छिमेकी राष्ट्रको ज्ञान, सीप तथा प्रविधिको उपयोग गरेर आर्थिक विकास गर्नमा ध्यान दिनुपर्ने विज्ञहरूले बताएका छन् । फ्रेण्डस् अन द क्लाउड प्लेटफर्म अफ इन्फुलेन्स नेपालले आज काठमाडौँमा गरेको  नेपाल–चीन सम्बन्ध र नेपालको आधुनिक विकास विषयक छलफलमा उनीहरुले विश्व राजनीति नै फरक ढाँचाले अघि बढिरहेको बेला छिमेकी राष्ट्रसँग आर्थिक सम्बन्ध बलियो राख्नुपर्ने बताए । 

संस्थाका अध्यक्ष शोभित उप्रेती, सूचना प्रविधि विज्ञ वसन्त वन, अर्थविद् डा केशव बस्याल, लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा सुदन कुमार ओली लगायतले छिमेकीको विकासको मोडल हेरेर नेपाललेनेपालले सूचना र प्रविधि, सडक लगायतका भौतिक पूर्वाधार, विद्युत्, ट्रान्समिसन, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा छिमेकीको पर्याप्त सहयोग लिनसक्नुपर्ने उनीहरूको भनाइ छ । छिमेकी मुलुकसँग सम्बन्ध बलियो पार्न आपसी भेटवार्ता, द्विपक्षीय भ्रमण, एक अर्काको सुरक्षा तथा आर्थिक चासोका विषयमा भने चनाखो रहनुपर्ने उनीहरु बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update