नेभिगेशन
समाचार

सरकारमा सहभागी मन्त्रीहरुले काम गर्न सकेनन्, पार्टीले फिर्ता बोलाउनुपर्छः कांग्रेस सह-महामन्त्री राठोर (भिडिओसहित)

सरकारमा सहभागी मन्त्रीहरुले काम गर्न सकेनन्, पार्टीले फिर्ता बोलाउनुपर्छः कांग्रेस सह-महामन्त्री राठोर (भिडिओसहित)

काठमाडौं, १० फागुन । नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधि सभा सदस्य किशोरसिंह राठोरले आफूहरुले वर्तमान सरकार ढाल्ने कुनै गतिविधि नगर्ने बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकार र मन्त्रीहरुको कार्यशैलीमा असन्तुष्टि रहेपनि वर्तमान सरकार नढाल्ने उनले बताए । साथै, पार्टीबाट सरकारमा सहभागी भएर राम्रोसँग काम गर्न नसकेकाहरुलाई फिर्ता बोलाइनुपर्ने उनको माग छ । अहिले कुनै पनि मन्त्रीले उल्लेखनीय काम गर्न नसकेको उनको दाबी छ ।

कुनै पनि मन्त्रीले उल्लेखनीय काम गर्न सकेको छैनन् । कांग्रेसको मात्रै होईन, यो सरकारकै मन्त्रीहरुले उल्लेखनीय काम गरेको छन् भन्ने छैन । जसरी हिजो चलिरहेको थियो, त्यसरी नै चलिरहेको छ,’– उनले भने ।

साथै, सरकारको काम कारबाहीबाट गाउँ–गाउँका जनताहरु खुसी रहेको उनले बताए । सहरीया मान्छेहरुले मात्रै वितृष्णा फैलाएको उनको आरोप छ । उनले काठमाडौंजस्ता ठूला सहरका जनतालाई बेबकुफको संज्ञा दिए । ‘जनता नै बेबकुफ हुन्, जसले कृष्णप्रसाद भट्टराईजस्तो मान्छेलाई हराए यो काठमाडौंका जनताले । जसले गणेशमानजीजस्ता मान्छेलाई भिलेन बनाए यहाँका जनताले । मंगलादेवी सिंहजस्तो मान्छेलाई हराए । रवि लामिछानेजस्तोलाई जिताउँछन्, नानीमैया दाहालजस्तालाई जिताउँछन् । त्यसकारण जनता नै यस्ता छन् । गाउँमा त त्यस्तो समस्या छैन । समस्या त यस्तै ठूला सहरहरुमा, काठमाडौंजस्ता ठूला सहरमा छ । गाउँमा कुनै समस्या छैन, जनता खुसी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update