नेभिगेशन
समाचार

अनेरास्वियू र युवा संघमा माधवले निरङ्कुश र नोकरशाही शैलीमा डण्डा चलाएको झलनाथको आरोप, केन्द्रीय कमिटीमा राखे फरक मत

अनेरास्वियू र युवा संघमा माधवले निरङ्कुश र नोकरशाही शैलीमा डण्डा चलाएको झलनाथको आरोप, केन्द्रीय कमिटीमा राखे फरक मत

काठमाडौं, १० फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच असन्तुष्टि बढेको छ । अध्यक्ष नेपालले मनपरी ढंगले पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू र युवा संगठनमा डण्डा चलाएको सम्मानित नेता खनालको आरोप छ । सम्मानित नेता खनालले पार्टीको केन्द्रीय समिति बैठकमा उक्त गलत निर्णय सच्याउन भन्दै लिखित रुपमै फरक मत राखेका हुुन् ।

पार्टी अध्यक्ष नेपालले अपानि जारी गर्दै दोहोरो जिम्मेवारीको नाममा अनेरास्ववियूकी अध्यक्ष आरती लामा र युवा संघका अध्यक्ष कृष्ण विकलाई पदमुक्त गरेका थिए । त्यसपछि अनेरास्ववियूमा समानन्तर कमिटीको अभ्यास भइरहेको थियो । माधव नेपालको यस्तो कदमको विरोध गर्दै सम्मानित नेता खनालले आफूलाई ‘सामान्य सदस्य’ मा दर्ज गरेका छन् । उनले पार्टी नेतृत्वले निरंकुश र नोकरशाही शैलीमा मनपरी ढङ्गले युवाहरुलाई हाक्न खोजेको टिप्पणी गरेका छन् ।

‘समाजवादी चेतना र प्रतिबद्वताले समेत जागरुक बन्दै गरेका युवाहरुलाई निरंकुश र नोकरशाही शैलीमा मनपरी ढङ्गले हाक्न

खोजेर हाँक्न सकिदैन । पार्टी नेतृत्वले जथाभावी डण्डा चलाएर पार्टी चल्न सक्दैन र चलाउन सकिदैन भन्ने कुरा आत्मसात गर्न सक्नुपर्छ । अन्यथा दुर्भाग्यपूर्ण अवस्था आइलाग्ने कुरा अवश्यभावी हुन्छ,’– केन्द्रीय समिति बैठकमा उनले राखेको लिखित फरक मतमा भनिएको छ ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update