नेभिगेशन
समाचार

म्यानपावर एजेन्टद्वारा विदेश पठाउने भन्दै लाखौं ठगी

म्यानपावर एजेन्टद्वारा विदेश पठाउने भन्दै लाखौं ठगी

 

म्यानपावर एजेन्टद्वारा विदेश पठाउने भन्दै लाखौं ठगी

विदेशमा राम्रो रोजगारी दिलाइदिने भन्दै एक म्यानपावर एजेन्टले सर्वसाधारणसँग लाखौं रुपैयाँ ठगी गरेको घटना सार्वजनिक भएको छ। पीडितहरूले एजेन्टविरुद्ध उजुरी दिने तयारी गरिरहेका छन्।

पीडितका अनुसार सुजन विश्वकर्मा नामका व्यक्तिले आकर्षक तलबसहितको जागिरको प्रलोभन देखाएर ठूलो रकम असुलेका थिए। तर, पैसा बुझाएपछि न त भिसा प्रक्रिया अगाडि बढ्यो, न त रकम फिर्ता नै भयो। उल्टो, उनले थप ४/५ जनाको पासपोर्ट र रकम लिएर फरार भएका छन्।

"हामीले विदेश जाने आशामा सम्पूर्ण पैसा बुझाएका थियौं। तर, महिनौँसम्म एजेन्टले झुक्याउँदै आयो। कहिले कतार त कहिले मलेसिया पठाइदिन्छु भन्दै विश्वास दिलायो, तर अन्ततः ठगेर भाग्यो," पीडितमध्ये एकले दुखेसो पोखे।

यस घटनापछि अन्य पीडितहरू पनि बाहिर आउने क्रम जारी छ। सम्बन्धित निकायहरूले यस्ता ठगी घटनाबाट बच्न सावधानी अपनाउन आग्रह गरेका छन्। वैदेशिक रोजगार बोर्ड तथा अन्य सरकारी निकायबाट आधिकारिक जानकारी लिएर मात्र रोजगार प्रक्रियामा संलग्न हुन विज्ञहरूले सुझाव दिएका  छ्न यस्ता ठगहरुलाइ किन सरकारले कार्बाही गर्दैन किन गरिब दुखी ठगिन्छ्न

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update