भेरी नगरपालिका, जाजरकोट | आज मिति २०८१/१०१७– जाजरकोट भूकम्प प्रभावितहरूलाई लक्षित गर्दै भेरी नगरपालिका र संयुक्त राष्ट्र संघीय निकायहरूको साझेदारीमा सञ्चालन भइरहेको JRAP कार्यक्रम अन्तर्गत विभिन्न क्लस्टर (Shelter, Food Security, Nutrition, Protection & WASH) का गतिविधिहरूको अनुगमन आज भेरी नगरपालिका-१, रावतगाउँ मा सम्पन्न भएको छ।
यस अनुगमनका क्रममा प्रभावित समुदायका अनुहारमा क्रमशः मुस्कान र आत्मविश्वास बढ्दै गएको देखिएको छ। राहत तथा पुनःस्थापनाका विभिन्न कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन हुँदै गर्दा स्थानीय बासिन्दाहरूमा आशा र उत्साह थपिएको नगर प्रमुख घर्तिले बताउनु भएको छ्।
स्थानीय तह, UN Agencies, तथा सरोकारवालाहरूको निरन्तर सहकार्यले भूकम्प प्रभावित परिवारहरूको पुनर्निर्माण प्रक्रियामा गति दिएको छ। Shelter, खाद्य सुरक्षा, पोषण, संरक्षण तथा सरसफाइका क्षेत्रमा गरिएका प्रयासहरूले समुदायको जीवनशैली सुधार ल्याउने अपेक्षा गरिएको छ।नगर प्रमुख बताउनु भएको छ।
नगर प्रमुख चन्द्र प्रकाश घर्तिका अनुसार, राहतका कार्यक्रमहरूले प्रत्यक्ष रूपमा पीडितहरूलाई राहत र सुरक्षित बसोबास प्रदान गर्दै आएका छन्। स्थानीय प्रशासन तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्यमा आगामी दिनमा थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन हुने छन।