नेभिगेशन
समाचार

शारदा-शेर प्रतिष्ठानद्वारा इलाका प्रहरी कार्यालय बडाबनलाई सहयोग

शारदा-शेर प्रतिष्ठानद्वारा इलाका प्रहरी कार्यालय बडाबनलाई सहयोग

जाजरकोट । समाजसेवा र संस्थागत सहयोगमार्फत समुदायको उत्थानमा योगदान दिने उद्देश्यले शारदा शेर स्मृति सामाजिक उत्थान प्रतिष्ठान, छेडागाड नगरपालिका–९ जाजरकोटले इलाका प्रहरी कार्यालय, बडाबनलाई सहयोग स्वरुप केही सामग्री हस्तान्तरण गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष अर्जुन अधिकारीले प्रहरी नायब निरीक्षक उपेन्द्र शाहीलाई १० वटा कुर्सी, २ वटा बेन्च, र १ वटा टेवल हस्तान्तरण गरेका छन् । कार्यक्रममा अध्यक्ष अधिकारीले प्रहरी प्रशासनलाई सहयोग गर्नु समुदायको दायित्व भएको बताउँदै बताए । उनले भने– ‘सुरक्षा निकायको सशक्तिकरण समाजकै सुरक्षाका लागि महत्त्वपूर्ण छ । प्रहरीलाई आवश्यक पूर्वाधार उपलब्ध गराउनु हाम्रो सामाजिक उत्तरदायित्व हो

प्रतिष्ठानको सहयोगप्रति इलाका प्रहरी कार्यालयले आभार प्रकट गरेको छ । कार्यालयका प्रहरी नायब निरीक्षक उपेन्द्र शाहीले भने– ‘स्थानीय समुदायको साथ र सहयोगले प्रहरीको कार्यसम्पादनमा थप ऊर्जा मिल्छ ।’ उनले प्रहरी र स्थानीयबासीबीचको सहकार्यलाई अझ सशक्त बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

समुदायको सहभागितामा सम्पन्न कार्यक्रममा स्थानीय समाजसेवी, प्रतिष्ठानका पदाधिकारी, प्रहरी प्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update