नेभिगेशन
समाचार

नेदरल्यान्ड्सद्वारा नेपाललाई विशाल लक्ष्य

नेदरल्यान्ड्सले त्रिकोणात्मक महिला ट्वान्टी २० शृंखलामा नेपाललाई १ सय ५८ रनको लक्ष्य दिएको छ

काठमाडौँ — नेदरल्यान्ड्सले त्रिकोणात्मक महिला ट्वान्टी २० शृंखलामा नेपाललाई १ सय ५८ रनको लक्ष्य दिएको छ । नेपालकी कप्तान इन्दु बर्माले टस जितेपछि ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले रोबिन रिज्केको अर्धशतकमा बिहीबार त्रिवि क्रिकेट मैदानमा निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ५७ रन बनाएको हो ।

कविता कुँवरले इनिङ्सको दोस्रो बलमै फेबे मोल्केनबोइरलाई शुन्यमा एलबीडब्लु आउट गरी नेपाललाई उत्कृष्ट सुरुआत दिलाएकी थिइन् । पूजा महतोले नेदरल्यान्ड्सकी कप्तान बाबेटे डी लिडेलाई ६ रनमा बोल्ड गरी नेपाललाई खेलमा हाबी बनाउन खोजेकी थिइन् । Screenshot_2025-01-30-14-50-17-18_40deb401b9ffe8e1df2f1cc5ba480b12-1738227976.jpg
 

तर स्टेरे कालिस र रिज्केले तेस्रो विकेटमा ४७ रनको साझेदारी गरी नेदरल्यान्ड्सको इनिङ्सलाई सुधारेका थिए । कालिसलाई २९ रनमा सीता रानामगरले बोल्ड गरिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update