नेभिगेशन
समाचार

नेदरल्यान्ड्सद्वारा नेपाललाई विशाल लक्ष्य

नेदरल्यान्ड्सले त्रिकोणात्मक महिला ट्वान्टी २० शृंखलामा नेपाललाई १ सय ५८ रनको लक्ष्य दिएको छ

काठमाडौँ — नेदरल्यान्ड्सले त्रिकोणात्मक महिला ट्वान्टी २० शृंखलामा नेपाललाई १ सय ५८ रनको लक्ष्य दिएको छ । नेपालकी कप्तान इन्दु बर्माले टस जितेपछि ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले रोबिन रिज्केको अर्धशतकमा बिहीबार त्रिवि क्रिकेट मैदानमा निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ५७ रन बनाएको हो ।

कविता कुँवरले इनिङ्सको दोस्रो बलमै फेबे मोल्केनबोइरलाई शुन्यमा एलबीडब्लु आउट गरी नेपाललाई उत्कृष्ट सुरुआत दिलाएकी थिइन् । पूजा महतोले नेदरल्यान्ड्सकी कप्तान बाबेटे डी लिडेलाई ६ रनमा बोल्ड गरी नेपाललाई खेलमा हाबी बनाउन खोजेकी थिइन् । Screenshot_2025-01-30-14-50-17-18_40deb401b9ffe8e1df2f1cc5ba480b12-1738227976.jpg
 

तर स्टेरे कालिस र रिज्केले तेस्रो विकेटमा ४७ रनको साझेदारी गरी नेदरल्यान्ड्सको इनिङ्सलाई सुधारेका थिए । कालिसलाई २९ रनमा सीता रानामगरले बोल्ड गरिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update