नेभिगेशन
समाचार

२८ अर्ब पाँच करोड रुपैयाँभन्दा बढीको आईटी वस्तु तथा सेवा निर्यात भएको छ ।

नेपालबाट सूचना–प्रविधि (आईटी)सम्बन्धी वस्तु तथा सेवाको आयात बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को ६ महिनामा २८ अर्ब पाँच करोड रुपैयाँभन्दा बढीको आईटी वस्तु तथा सेवा निर्यात भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनदेखि पुससम्म आईटी निर्यात गरिएको हो । यसअवधिमा तीन अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको आईटी वस्तु तथा सेवा आयात भएको छ।

 

साउनदेखि मसिंरसम्म पाँच महिनामा आईटी निर्यात २२ अर्ब ८९ करोड ४८ लाख रुपैयाँ थियो । एक महिनामै करिब पाँच अर्ब १६ करोड रुपैयाँबढीको निर्यात भएको हो ।

 नेपालबाट सेवा निर्यात गर्ने व्यक्ति तथा कम्पनीले नेपालका बैंक तथा वित्तीय संस्थामा उक्त शीर्षकमा प्राप्त रकमको विवरणका आधारमा राष्ट्र बैंकले यो तथ्यांक सार्वजनिक गर्छ ।

गत आर्थिक वर्षको भने यस्तो विवरण अलग छैन । अनलाइनबाट दिइने व्यापार एवं व्यावसायिक सेवाबाहेक दूरसञ्चार, कम्प्युटर तथा इन्फर्मेसनसम्बन्धी सेवा मात्रको भने विवरण उपलब्ध छ ।

दूरसञ्चार, कम्प्युटर तथा इन्फर्मेसनसम्बन्धी सेवा गत आर्थिक वर्ष २०८०/०८१ मा १५ अर्ब ५४ करोड रुपैयाँको  निर्यात भएको थियो ।

आर्थिक वर्ष २०७९/०८० मा १५ अर्ब ८० करोड ९४ लाख रुपैयाँ र आर्थिक वर्ष २०७८/०७९ मा १४ अर्ब ५३ करोड २७ लाख रुपैयाँको निर्यात भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update