नेभिगेशन
समाचार

स्वास्थ्य सरोकार केन्द्रलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ।

नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा स्वास्थ्य तथा औषधिजन्य फोहोर फाल्ने सुनगाभा स्वास्थ्य सरोकार केन्द्रलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ।

नेपालगन्ज वडा नम्बर १०, शितलनगरस्थित सुनगाभा स्वास्थ्य सरोकार केन्द्रलाई आज २५ हजार रुपैयाँ जरिवाना गरिएको नगर प्रहरी प्रमुख सूर्य बहादुर बोगटीले जानकारी दिए।

‘नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला ब्यवस्थापन ऐन २०७५’ बमोजिम जरिवाना गरिएको हो। नगर प्रहरी र स्वास्थ्य महाशाखाको टोलीले सार्वजनिक स्थानमा स्वास्थ्य तथा औषधिजन्य फोहोर फालेको पाएपछि जरिवाना गरेको हो। नगर प्रहरी प्रमुख बोगटी, स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेत, फार्मेसी अधिकृत डा। अस्मित आचार्य, नगर प्रहरी सहायक निरीक्षक पवन कनोजिया सहितको टोली अनुगमनमा गएको थियो।

नगरलाई सफा, स्वच्छ र सुन्दर बनाउन सचेतना प्रबद्र्धन गर्दै आएको नेपालगन्ज उपमहानगरपालिकाले पछिल्लो समय कारबाही गर्दै जरिवाना गरिरहेको छ। नगर प्रमुख प्रशान्त विष्टले जथाभाबी फोहोर फाल्नेविरुद्ध निगरानी बढाइएको बताए। फोहोर फाल्नेलाई ठाउँको ठाउँ कारबाही गरिरहेको बताउँदै उनले फोहोर ब्यवस्थापनमा सघाएर नगर सभा राख्ने अभियानमा साथ दिन नगरबासीलाई आग्रह गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update