नेभिगेशन
समाचार

अवैध रूपमा बसेका विदेशी नागरिकलाई आममाफी दिने कतारको घोषणा

कतारले अवैध रूपमा बसेको विदेशी नागरिकलाई आममाफी दिन थालेको छ । अवैधानिक भएर बसेका विदेशी नागरिकलाई आफ्नो देश फर्कन माफी दिने घोषणा गरेको हो ।

आजदेखि तीन महिनासम्मका लागि उक्त व्यवस्था लागू गरिएको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ । एक सार्वजनिक घोषणा गर्दै फेब्रुअरी ९ देखि लागु हुने आममाफी ३ महिनासम्म रहने जनाएको हो । कतारी आइडीको म्याद सकिएर लामो समयसम्म नवीकरण नगरेका, कम्पनी छोडेर भागेर लुकीछिपी काम गरिरहेका तथा भिसाको नियम पालना नगरेकाहरूलाई आफ्नो देश फर्कन आग्रह गर्दै आममाफी दिने जनाएको हो । उक्त अवधिमा बिना जरिवाना तथा बिना जेल सजाय घर फर्कन पाउनेछन् । सरकारले उपलब्ध गराएको यो सुविधा लिन चाहने व्यक्तिहरू हमाद अन्तर्राष्ट्रिय विमानस्थल वा सल्वा रोडमा रहेको सर्च एन्ड फिलो अप डिपार्टमेन्टमा दिउँसो १ बजेदेखि बेलुका ९ बजे भित्र गएर निवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update