नेभिगेशन
समाचार

जाजरकोट प्रहरीद्वारा समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत जनचेतनामूलक कार्यक्रम सञ्चालन

जिल्ला प्रहरी कार्यालय जाजरकोट तथा मातहतका प्रहरी कार्यालयहरूले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन्।
२०८३ जेठ २८ गते आयोजित कार्यक्रममा जबरजस्ती करणी, लागुऔषध दुरुपयोग, प्राकृतिक प्रकोप, बालविवाह, बहुविवाह, बाल यौन दुर्व्यवहार, आत्महत्या न्यूनीकरण, ट्राफिक दुर्घटना तथा लैङ्गिक हिंसालगायतका विषयमा सर्वसाधारणलाई सचेतना प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
कार्यक्रममार्फत समाजमा हुने विभिन्न अपराध तथा विकृति न्यूनीकरण गर्न प्रहरी र समुदायबीच सहकार्य, सूचना आदान–प्रदान तथा जनसहभागिता बढाउने उद्देश्य राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update