नेभिगेशन
समाचार

भारत भ्रमण सकेर स्वदेश फर्किए रास्वपा सभापति रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्किएका छन्।


जेठ १८ गते भारत प्रस्थान गरेका लामिछानेले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस. जयशंकर, भारतीय जनता पार्टीका अध्यक्ष नितिन नबीनलगायत उच्चस्तरीय नेताहरूसँग भेटवार्ता गरेका थिए।
त्यसैगरी, उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एशियाली विशेष दूत सर्जियो गोरसँग पनि भारतमै भेट गरेका थिए।


स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले नेपाल–भारत सम्बन्ध, सीमा समस्या तथा दुई देशका साझा सरोकार र प्राथमिकतासँग सम्बन्धित विविध विषयमा सकारात्मक छलफल भएको जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update