नेभिगेशन
समाचार

सल्यानमा ५ सय ७७ बालबालिका अझै विद्यालय बाहिर

सल्यान जिल्लामा आधारभूत तहअन्तर्गत अध्ययन गर्ने उमेर समूहका ५ सय ७७ जना बालबालिका अझै विद्यालयको पहुँच बाहिर रहेको तथ्य सार्वजनिक भएको छ। अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनसम्बन्धी सहजीकरण कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सल्यानले उक्त तथ्यांक सार्वजनिक गरेको हो।


इकाईका अनुसार कक्षा १ देखि ८ सम्म अध्ययन गर्ने उमेर समूहका बालबालिकामध्ये अझै सयौं बालबालिका विद्यालय बाहिर रहेका छन्। अघिल्ला वर्षको तुलनामा विद्यालय छाड्ने (ड्रपआउट) बालबालिकाको संख्या घट्दै गए पनि हालको अवस्था अझै चुनौतीपूर्ण रहेको कार्यालयले जनाएको छ।


शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख शेरबहादुर रोकाले अनिवार्य तथा निःशुल्क शिक्षा प्रभावकारी कार्यान्वयन गर्दै विद्यालय बाहिर रहेका बालबालिकाको संख्या घटाउन आवश्यक रहेको बताए। उनले विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान गरी अभिभावकसँग समन्वय गरेर स्थानीय तहहरूले प्रभावकारी भर्ना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए।


“बालबालिकालाई विद्यालयभित्र कसरी ल्याउने, अभियानलाई अझ प्रभावकारी कसरी बनाउने र आगामी दिनमा शिक्षाको पहुँच विस्तारका लागि के–कस्ता कदम चाल्न सकिन्छ भन्ने विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको हो,” प्रमुख रोकाले बताए।
उनका अनुसार गरिबी, अभिभावकमा चेतनाको कमी, बसाइँसराइ, बालश्रम तथा दुर्गम बस्तीका कारण अझै पनि केही बालबालिका विद्यालय बाहिर रहने अवस्था छ। यस्ता बालबालिकालाई विद्यालयसम्म ल्याउन स्थानीय तह, विद्यालय र अभिभावकबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update