नेभिगेशन
समाचार

सभापतिमा विक्रम शाही, कुसेमा रास्वपाको संगठन सुदृढ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कुसे गाउँपालिकाको पालिका समिति गठन गरिएको छ। नवगठित समितिको सभापतिमा मोहन विक्रम शाही (विक्रम) निर्विरोध चयन भएका छन्।


समितिको उपसभापतिमा प्रेम सिंह (कुसे–६), सचिवमा राजेन्द्र मल्ल (कुसे–५) र सह–सचिवमा प्रकाश न्यौपाने (कुसे–२) चयन भएका छन्। समिति गठन कार्यक्रममा करिब ६० जनाको उपस्थिति रहेको थियो।
निर्विरोध रूपमा सभापति चयन भएका शाहीप्रति कार्यकर्ताहरूले एकताबद्ध समर्थन जनाउँदै कुसेमा रास्वपाको संगठन अझ मजबुत बन्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा बोल्दै शाहीले कुसे गाउँपालिकामा सुशासन, पारदर्शिता र युवामैत्री नीति अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

 समितिको गठनसँगै कुसेमा राजनीतिक गतिविधिमा नयाँ तरङ्ग मच्चिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update