नेभिगेशन
समाचार

देशभर कक्षा १२ को वार्षिक परीक्षा सुरु

माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्पन्न भएसँगै कक्षा १२ को अन्तिम वार्षिक परीक्षा आज सोमबारदेखि देशभर एकैसाथ सुरु भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार निर्धारित तालिका अनुसार बिहान ८ बजेदेखि परीक्षा सञ्चालन गरिएको हो । यस वर्ष देशभरका १ हजार ४ सय २१ परीक्षा केन्द्रमार्फत करिब ४ लाख १८ हजार ८ सय विद्यार्थी परीक्षामा सहभागी भइरहेका छन् ।

परीक्षालाई मर्यादित, शान्तिपूर्ण र व्यवस्थित बनाउन बोर्डले देशभरका परीक्षा केन्द्रहरूमा आवश्यक सुरक्षा प्रबन्ध मिलाउनुका साथै केन्द्राध्यक्ष तथा कर्मचारी परिचालन गरेको जनाएको छ ।

बोर्डले परीक्षार्थीलाई निर्धारित समयमै उपस्थित भई नियम पालना गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update