नेभिगेशन
समाचार

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले प्रतिनिधि सभामा दर्ता गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयक कांग्रेसलाई स्वीकार्य नभएको बताएका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले प्रतिनिधि सभामा दर्ता गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयक कांग्रेसलाई स्वीकार्य नभएको बताएका छन् ।

bishwa-prakash-sharma-1738166687.jpg
महामन्त्री शर्माले यसअघिको सरकारले उक्त विधेयक ल्याउँदा कांग्रेसले विरोध गरेको भन्दै आफू कांग्रेसको प्रवक्ता छँदा बोकेको दृष्टि महामन्त्री हुँदा नबदलिने प्रस्ट पारेका छन् ।बुधबार सामाजिक सञ्जालमा प्रवक्ता शर्माले भनेका छन्,‘प्रवक्ता छँदा बोकेको दृष्टि, महामन्त्री हुँदा बदलिन्न । प्रतिपक्षमा हुँदा उठाएको आवाज, सत्तामा हुँदा विलीन हुँदैन उनले अहिले पार्टीमा आफ्नो भूमिका बदलिएपनि महामन्त्री शर्माको सामाजिक सञ्जाल विधेयकबारे दृष्टिकोण नबदलिएको बताएका छन् । साथै उनले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने ढंगले प्रेस काउन्सिलजस्ता निकायले हेर्ने कुरालाई फौजदारी हिसाबले हेर्नेगरी विधेयकमा आउन नहुने बताएका छन् ।’

महामन्त्री शर्माले उक्त विधेयक निर्माण गर्दा सत्तारुढ दलको संयन्त्रसँग सल्लाह भएको भएपनि कांग्रेस पार्टीले नमान्ने बताए । ‘पार्टीका आदरणीय सभापतिसँग सहमति गरेर प्रधानमन्त्रीले गर्नुभएको छ भनेपनि महामन्त्रीले कांग्रेसको कार्यालयमा उभिएर भन्छ त्यो पनि मान्दैन ।’

सरकारले मंगलबार सामाजिक सञ्जाल नियमन गर्ने भन्दै संसदमा दर्ता गरेको विधेयकको सञ्चारसम्बद्ध संघ, संगठनहरुले चर्को विरोध गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update