नेभिगेशन
समाचार

“लीक विवादपछि प्रधानमन्त्री सुशीला कार्कीको निर्णय: तीन महत्त्वपूर्ण प्रतिवेदन सार्वजनिक”

प्रधानमन्त्री सुशीला कार्की ले जेनजी आन्दोलनसँग सम्बन्धित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेकी छन्। भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक हुनु अघि नै ‘लीक’ भएपछि सरकार उक्त निर्णयमा पुगेको हो।


प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावल का अनुसार प्रधानमन्त्री कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय गरेकी छन्। तीमध्ये भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन, नेपाल बाल संगठन र बालमन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन तथा सुशासन मार्गचित्र, २०८२ रहेका छन्।


भदौ २३ र २४ गतेका घटनासम्बन्धी प्रतिवेदन संघीय संसद सचिवालयको पुस्तकालयमा अभिलेख राखेर सार्वजनिक गरिने जनाइएको छ। यसअघि नेपाल बाल संगठन र बालमन्दिरसम्बन्धी २०७७ सालको प्रतिवेदन पनि सोही प्रक्रियामार्फत सार्वजनिक गर्ने निर्णय भइसकेको थियो।
त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार गरेको सुशासन मार्गचित्र, २०८२ कार्यान्वयनको प्रक्रिया अघि बढाइने भएको छ। उक्त मार्गचित्र पनि सोही कार्यालयमार्फत सार्वजनिक गरिने जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update