नेभिगेशन
समाचार

जेन–जी आन्दोलनका घाइतेलाई अन्तिम वर्गीकरणका लागि काठमाडौं प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेन–जी आन्दोलनका घाइतेहरूको वर्गीकरणका लागि अन्तिमपटक उपस्थित हुन आग्रह गरेको छ।
कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार ‘जेन–जी आन्दोलनका घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२’ बमोजिम वर्गीकरण सहजीकरण समितिले गत मंसिर ५, १२ र १८ गते अधिकांश घाइतेको वर्गीकरण गरिसकेको छ।


ती दिनमा विविध कारणले उपस्थित हुन नसकी छुटेका घाइतेहरूको अन्तिम वर्गीकरण यही चैत २० गते शुक्रबार गरिने सूचनामा उल्लेख गरिएको छ। उक्त दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंको सभाहलमा उपचार तथा परीक्षणसम्बन्धी कागजात र जेन–जी घाइते परिचयपत्रसहित उपस्थित हुन आग्रह गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update