नेभिगेशन
समाचार

वीरेन्द्रनगरमा सामूहिक रक्तदान कार्यक्रम, ४२ जनाद्वारा १२,६०० मि.लि. रगत संकलन

वीरेन्द्रनगरमा सामूहिक रक्तदान कार्यक्रम आयोजना गरी स्थानीय रक्त आपूर्तिमा सहयोग पुर्‍याइएको छ। परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम’ विश्वव्यापी रक्तदान कार्यक्रम अन्तर्गत शनिबार वीरेन्द्रनगरस्थित मण्डली परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा मण्डलीका विश्वासी, स्थानीय बासिन्दा तथा स्वयंसेवक गरी करिब १४३ जना सहभागी भएका थिए। सहभागीमध्ये स्वास्थ्य परीक्षणपछि ४२ जनाले सफलतापूर्वक रक्तदान गरेका थिए।

उनीहरूबाट जम्मा १२ हजार ६ सय मिलिलिटर रगत संकलन गरिएको आयोजकले जनाएको छ।
रक्तदानअघि सहभागीहरूको रक्तचाप जाँच तथा अन्य स्वास्थ्य परीक्षण गरिएको थियो। कार्यक्रममा युवादेखि वयस्कसम्मको उत्साहजनक सहभागिता देखिएको थियो।
कार्यक्रमलाई सफल बनाउन नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाले स्वास्थ्यकर्मी तथा आवश्यक उपकरण उपलब्ध गराएको थियो।
कार्यक्रमका क्रममा वीरेन्द्रनगरका उपमेयर निलकण्ठ खनालले समाजमा मानवसेवामुखी कार्यले सकारात्मक सन्देश दिने उल्लेख गर्दै कार्यक्रमको प्रशंसा गरेका थिए।
रक्तदानमा सहभागीहरूले मानव जीवन बचाउने उद्देश्यले गरिएको यस्तो सामाजिक कार्यमा सहभागी हुन पाउँदा खुसी लागेको बताएका थिए।
आयोजकका अनुसार ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम’ कार्यक्रम विश्वव्यापी रूपमा सञ्चालन हुँदै आएको छ। सन् २००५ देखि सुरु भएको यस अभियान अन्तर्गत हालसम्म ६७ देशमा रक्तदान कार्यक्रम आयोजना भइसकेको छ।
मण्डलीले नेपालमा पनि रक्तदान, वातावरण सरसफाइ, वृक्षरोपण, विपद् राहत तथा शैक्षिक सहयोग जस्ता विभिन्न सामाजिक सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update