नेभिगेशन
समाचार

कुसे गाउँपालिका वडा नं ३,४ मा काङ्ग्रेसबाट १९ सहित २२ जना एमाले प्रवेश

नेपाली कांग्रेस बाट १९ जना सहित विभिन्न दल परित्याग गरी २२ जना नेकपा (एमाले) मा प्रवेश गरेका छन्। प्रवेश कार्यक्रम फाल्गुन १२ गते कुसे गाउँपालिका–४ चौरिखेतमा सम्पन्न भएको मतदाता भेटघाट कार्यक्रमका अवसरमा गरिएको हो।


कुसे गाउँपालिका–३ नम्बर वडा हरिचन्द्र बस्नेत को वडा रहेको छ भने वडा नम्बर ४ एमाले नेता तप्त बहादुर हमाल सँग सम्बन्धित क्षेत्र मानिन्छ। यही क्षेत्रमा विभिन्न दलका २२ जनाको एमाले प्रवेशलाई स्थानीय राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।


कार्यक्रममा एमालेका उम्मेदवार डम्बर बहादुर सिंहसहित केन्द्रीय, जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो। साथै कुसे–३ र ४ का नागरिकहरुको सहभागिता रहेको जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update