नेभिगेशन
समाचार

बाँसगढीमा तरुणहरूको उत्साह: ६० युवा कांग्रेस प्रवेश

नेपाल तरुण दल बाँसगढी नगर समितिको आयोजनामा सम्पन्न नगरस्तरीय तरुण परिचयात्मक कार्यक्रम झण्डै ३६० जना तरुण तथा युवाहरूको उल्लेखनीय सहभागितासहित भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमले स्थानीय राजनीतिक वृत्तमा नयाँ ऊर्जा र उत्साह थपेको छ।
उक्त कार्यक्रममा ६० जना ऊर्जाशील तरुण तथा युवा साथीहरूले नेपाली कांग्रेस मा औपचारिक रूपमा प्रवेश गरेका छन्। नवप्रवेशी युवाहरूले बर्दिया क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सञ्जय कुमार गौतमलाई विजयी गराउने जिम्मेवारी दृढ संकल्पका साथ ग्रहण गरेका छन्।
कार्यक्रममा देखिएको उत्साह, संगठनात्मक अनुशासन र वैचारिक प्रतिबद्धताले लोकतान्त्रिक मूल्य–मान्यताप्रति युवापुस्ताको बढ्दो विश्वास झल्काएको आयोजकहरूको भनाइ छ। वक्ताहरूले युवाहरूको सक्रिय सहभागिताले पार्टीलाई थप सुदृढ बनाउने र भावी राजनीतिक नेतृत्व युवाकै काँधमा सुम्पिनुपर्ने आवश्यकता औंल्याए।
नगरस्तरीय भेलाले संगठन विस्तार, युवाशक्ति एकीकरण तथा आगामी निर्वाचन लक्षित रणनीतिमा सकारात्मक सन्देश दिएको सहभागीहरूको धारणा छ। बाँसगढीमा देखिएको यो ऊर्जा आगामी दिनमा जिल्लास्तरमै प्रभाव पारेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update