नेभिगेशन
समाचार

प्रतिनिधिसभा निर्वाचन : आजदेखि प्रचार–प्रसार खुला

निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार खुला गरेको छ। आयोगले फागुन ४ गतेदेखि फागुन १८ गते राति १२ बजेसम्म प्रचार–प्रसार गर्न पाउने समयसीमा निर्धारण गरेको जनाएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार फागुन ३ गते राति १२ बजेदेखि लागू हुने गरी उक्त समयावधि कायम गरिएको हो।
आयोगले राजनीतिक दल, उम्मेदवार, नेता, प्रतिनिधि तथा शुभेच्छुकलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ। प्रचार–प्रसारका क्रममा कानुनविपरीत गतिविधि नगर्न, भड्काउ अभिव्यक्ति नदिन तथा तोकिएको खर्च र आचारसंहिताभित्रै रहेर कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ।
आसन्न निर्वाचनमा सहभागी अधिकांश राजनीतिक दल तथा प्रत्यक्षतर्फका उम्मेदवारले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरी आयोगमा बुझाइसकेका छन्। आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो पार्टी नेपाल र नेपाल मजदुर किसान पार्टी ले घोषणापत्र सार्वजनिक गरेका छन्।
त्यसैगरी नेपाली कांग्रेस ले फागुन ६ गते र नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले फागुन ७ गतेभित्र घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा लगायतका दलले भने यसअघि नै आफ्नो घोषणापत्र सार्वजनिक गरिसकेका छन्।
आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ३ गतेभित्र सबै दल र उम्मेदवारलाई घोषणापत्र पेस गर्न निर्देशन दिएको थियो। निर्वाचन नजिकिँदै जाँदा दलहरूले घरदैलो, सभा–सम्मेलन, डिजिटल प्रचार तथा विभिन्न कार्यक्रममार्फत मतदाता आकर्षित गर्ने तयारी तीव्र बनाएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update