नेभिगेशन
समाचार

दृष्टिविहीन, अपांगता भएका र असहाय मतदाताका लागि मतदानमा विशेष व्यवस्था

निर्वाचन आयोग ले दृष्टिविहीन वा शारीरिक अशक्तता भएका तथा आफैं मतसंकेत गर्न नसक्ने मतदाताका लागि आगामी मतदानमा विशेष व्यवस्था गर्ने जनाएको छ। आयोगका अनुसार गर्भवती, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका मतदातालाई लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्न दिने गरी व्यवस्थापन गरिएको छ।


दृष्टिविहीन, शारीरिक अशक्तता भएको वा अन्य कारणले आफैं मतसंकेत गर्न नसक्ने मतदाताले एकाघरको परिवारको सदस्यलाई गोप्य मतदान कक्षभित्र लैजान मतदान अधिकृतसँग अनुमति माग्न सक्नेछन्। यस्तो अनुरोध आएमा मतदान अधिकृतले अनुमति दिन सक्ने व्यवस्था गरिएको आयोगले स्पष्ट पारेको छ।
आगामी २१ फागुनमा नेपाल भर प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदैछ। आयोगका अनुसार मतदान केन्द्र र मतदान स्थल तय भइसकेका छन् र ती स्थलको व्यवस्थापनसम्बन्धी नीति पनि बनाइसकिएको छ। सोही नीतिअन्तर्गत पहुँचयुक्त मतदान सुनिश्चित गर्न दृष्टिविहीन तथा शारीरिक अशक्तता भएका मतदाताका लागि विशेष सुविधा उपलब्ध गराइने आयोगले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update