नेभिगेशन
समाचार

निर्वाचन प्रचारका लागि स्वैच्छिक सहयोग लिन पाइने, रकम तोकेर चन्दा माग्न नपाइने : निर्वाचन आयोग

निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि स्वैच्छिक सहयोग लिन पाउने स्पष्ट पारेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रचलित कानुनको परिधिभित्र रहेर निर्वाचन प्रचारप्रसारका लागि सहयोग संकलन गर्न कुनै बाधा नपर्ने बताउनुभएको हो ।
तर, उम्मेदवार वा राजनीतिक दलले कसैलाई पनि निश्चित रकम तोकेर चन्दा माग्न नपाउने उहाँले प्रस्ट पार्नुभयो । प्रवक्ता भट्टराईका अनुसार उम्मेदवारले निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था छ र सो खातामा संकलित रकम व्यक्तिगत प्रयोजनमा खर्च गर्न पाइँदैन ।
“हामीसँग चन्दा ऐन छ । निर्वाचन र प्रचारप्रसारका लागि शुभेच्छुक तथा समर्थकबाट सहयोग लिन पाइन्छ । तर कसैलाई ‘यति दिनुपर्छ’ भनेर तोकेर माग्न पाइँदैन । स्वेच्छाले दिन चाहेमा निर्वाचन प्रयोजनका लागि खोलिएको खातामा लिन सकिन्छ,” प्रवक्ता भट्टराईले भन्नुभयो ।
यसैबीच, निर्वाचन आयोगले आगामी निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्यलाई तीव्रता दिएको जनाएको छ । हालसम्म ८४ लाख ४० हजार थान मतपत्र छपाइ भइसकेको आयोगले जानकारी दिएको छ ।
छपाइ भएका मतपत्रमध्ये ७ हजार १३७ वटा बाकसहरू प्याकिङ भइसकेका छन् । प्रवक्ता भट्टराईका अनुसार हालसम्म ३२ जिल्लाका लागि आवश्यक मतपत्रको छपाइ र प्याकिङ कार्य पूर्ण रूपमा सम्पन्न भइसकेको छ ।
आयोगले बाँकी जिल्लाहरूका लागि आवश्यक मतपत्र छपाइ र व्यवस्थापनको काम पनि युद्धस्तरमा भइरहेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update