नेभिगेशन
समाचार

अध्यादेशहरु दुवै सदनबाट स्वीकृत हुने कुरामा कुनै समस्या छैनः महेश बर्तौला

नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले जारी गरेका अध्यादेशहरु संघीय संसद्का दुवै सदनबाट स्वीकृत हुने कुरामा कुनै समस्या नरहेको बताएका छन्।

नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले जारी गरेका अध्यादेशहरु संघीय संसद्का दुवै सदनबाट स्वीकृत हुने कुरामा कुनै समस्या नरहेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले अध्यादेशसम्बन्धी विषय व्यवस्थापकीय समस्याको कारणले प्रतिनिधि सभाको आजको बैठकको कार्यसूचीबाट हटाइएको बताए।

उनले आउँदो आइतबारको दिन अध्यादेशसम्बन्धी विषय संघीय संसद्को दुवै सदनको बैठकमा निर्णयार्थ प्रस्तुत हुने बताए।

उनले अध्यादेशमा रहेका कमजोरीहरुलाई सच्याउनुपर्ने भए प्रतिस्थापन विधेयकको क्रममा सम्बोधन गर्न सकिने उल्लेख गर्दै यस विषयमा जसपा नेपालले आपत्ति जनाउनुपर्ने कुनै कारण नरहेको बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update