नेभिगेशन
समाचार

भय र असुरक्षाको वातावरण सिर्जना गरेर लोकतन्त्र कमजोर बनाउने षड्यन्त्र भइरहेको छ : मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले देश गम्भीर राजनीतिक सङ्कटतर्फ धकेलिँदै गएको दाबी गरेका छन्। आइतबार बसेको प्रदेश सभाको हिउँदे अधिवेशनमा सम्बोधन गर्दै उनले संविधान ‘अर्धघाइते’ अवस्थामा पुगेको बताएका हुन्।
मुख्यमन्त्री कँडेलले ‘जेनजी आन्दोलन’को बलमा बनेको सरकारले संविधानका आधारभूत स्तम्भहरू कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाए। उनले प्रमुख राजनीतिक दल, तिनका नेता तथा कार्यकर्ताप्रति घृणा र वितृष्णा फैलाउने खालका अभिव्यक्ति स्वयं सङ्घीय सरकारका प्रधानमन्त्री र मन्त्रीहरूबाट आइरहेको बताए।
उनले असुरक्षा र भयभीत वातावरण सिर्जना गरी निर्वाचन गराएर लोकतान्त्रिक व्यवस्थाका पक्षधरलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको दाबी गरे। साथै, विकास र समृद्धिको यात्रामा अघि बढिरहेको नेपाललाई पुनः भू–राजनीतिक चलखेलको केन्द्र बनाउने सुनियोजित प्रयास भइरहेको पनि उनको भनाइ थियो।
मुख्यमन्त्री कँडेलले सङ्घीय सरकारबाट प्रदेश तहका कर्मचारी संयन्त्रलाई समेत प्रदेश संरचना नै नरहने संकेत दिने गरी दबाब सिर्जना गरिएको बताए।

संविधानले तीन तहका सरकारबीच सहअस्तित्व, सहकार्य र समन्वयको व्यवस्था गरेको स्मरण गराउँदै उनले प्रदेशलाई दिइएको अधिकार क्षेत्रमा हस्तक्षेप हुने व्यवहार देखिन थालेको आरोप लगाए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update