नेभिगेशन
समाचार

चुनावी प्रचारमा बालबालिकाको प्रयोगप्रति सिजपको गम्भीर ध्यानाकर्षण

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले निर्वाचन आचारसंहिता विपरीत बालबालिकालाई चुनावी प्रचार–प्रसारमा प्रयोग गरिएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता सकिएसँगै विभिन्न स्थानमा बालबालिकालाई जुलुस तथा ¥यालीमा सहभागी गराइएको, राजनीतिक दलका चुनाव चिन्ह र उम्मेदवारको तस्वीर अंकित टिसर्ट लगाउन लगाइएको, विद्यालय पोशाकमै पार्टी तथा सम्पर्क कार्यालयमा उपस्थित गराइएको र दलगत प्रचारका लागि झण्डा बोकाइ प्रयोग गरिएको भन्ने समाचारहरू सार्वजनिक भएको भन्दै सिजपले आपत्ति जनाएको हो।


यस्ता गतिविधि निर्वाचन आचारसंहिता विपरीत रहेको उल्लेख गर्दै अभियानले आचारसंहिताको प्रभावकारी अनुगमन र दोषीमाथि कडाइका साथ कारबाही गर्न निर्वाचन आयोगसँग आग्रह गरेको छ।
अभियानका अध्यक्ष तिलोत्तम पौडेलले ‘बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन्’ भन्ने स्थापित मान्यतालाई चुनौती दिँदै कानुन विपरीत गरिएका यस्ता क्रियाकलापको विरोध गरेका छन्।

उनले बालबालिकाको दलगत प्रयोग तुरुन्त बन्द गर्न तथा बालबालिका र विद्यालयलाई शान्ति क्षेत्रका रूपमा विकास गर्न सरोकारवाला सबै पक्षलाई आग्रह गरे।


बालबालिकासम्बन्धी ऐन, २०७५ तथा विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ को विपरीत हुने यस्ता क्रियाकलापले बालबालिकाको मनोभावना, सुरक्षा र विद्यालयको शैक्षिक कार्यक्रममाथि प्रत्यक्ष असर पार्नुका साथै उनीहरूको भविष्य र समग्र समाजमा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने अध्यक्ष पौडेलको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update