नेभिगेशन
समाचार

बर्दियाका दुई निर्वाचन क्षेत्रमा ४० जनाको उम्मेदवारी दर्ता

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि बर्दिया जिल्लाका दुई वटा निर्वाचन क्षेत्रमा गरी ४० जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन क्षेत्र नं १ मा २२ जना र निर्वाचन क्षेत्र नं २ मा १८ जनाले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


निर्वाचन क्षेत्र नं १ मा १९ वटा राजनीतिक दलका तर्फबाट र ३ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। त्यसैगरी निर्वाचन क्षेत्र नं २ मा १७ वटा राजनीतिक दल र १ जना स्वतन्त्र उम्मेदवार मैदानमा छन्। दुवै निर्वाचन क्षेत्रमा सौहार्दपूर्ण वातावरणमा उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


निर्वाचन क्षेत्र नं १ का उम्मेदवार
निर्वाचन क्षेत्र नं १ मा नेपाली काँग्रेसको तर्फबाट सञ्जयकुमार गौतम, नेकपा (एमाले) को तर्फबाट सालिकराम अधिकारी, नेपाली कम्युनिष्ट पार्टीबाट विष्णुप्रसाद चौधरी तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट ठाकुरसिंह थारुले उम्मेदवारी दर्ता गराउनुभएको छ।
त्यसैगरी नागरिक उन्मुक्ति पार्टी नेपालबाट अब्दुल खान, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बिरबहादुर कामी, जनमत पार्टीबाट यमनाथ घिमिरे, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट राजु रानाभाट, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)बाट इन्द्रबहादुर रावल तथा नेपाल जनमुक्ति पार्टीबाट चन्द्राकुमारी राजगुरुले उम्मेदवारी दिनुभएको छ।


यसै क्षेत्रमा राष्ट्रिय परिवर्तन पार्टीबाट श्यामप्रसाद थारु, जनता समाजवादी पार्टीबाट मनोज यादव, मंगोल नेशनल अर्गनाइजेसनबाट ज्योती योन्जन, नेकपा (माओवादी केन्द्र)बाट तिमोथी चौधरी, आम जनता पार्टीबाट दत्ता थारु, श्रम संस्कृति पार्टीबाट धनबहादुर वि.क., राष्ट्रिय जनमोर्चाबाट लोकबहादुर रानामगर, नेपाल मजदुर किसान पार्टीबाट पवित्रा शाही तथा नेपाल मानवतावादी पार्टीबाट मेघबहादुर कामी उम्मेदवार रहनुभएको छ।


क्षेत्र नं १ मा मोहन पौडेल, निर्मल अधिकारी र घनश्याम अधिकारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ।
नेपाली काँग्रेसका उम्मेदवार सञ्जयकुमार गौतम विघटित प्रतिनिधिसभाका सदस्य तथा पूर्व सिँचाइ मन्त्री हुनुहुन्छ भने नेकपा (एमाले) का उम्मेदवार सालिकराम अधिकारी पार्टीका जिल्ला अध्यक्ष हुनुहुन्छ। यसअघि नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार भई पराजित हुनुभएका ठाकुरसिंह थारु यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्नुभएको हो।


निर्वाचन क्षेत्र नं २ का उम्मेदवार
निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले) बाट विमला वि.क., नेपाली काँग्रेसबाट किशोरसिंह राठौर, नेपाली कम्युनिष्ट पार्टीबाट सुरेश पन्त तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रीधर पोखरेलले उम्मेदवारी दर्ता गराउनुभएको छ।
त्यसैगरी नागरिक उन्मुक्ति पार्टी नेपालबाट खुशीराम थारु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शुशिल चौधरी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट नेत्रराज आचार्य, जनता समाजवादी पार्टी नेपालबाट अनिरुध्या आर्य, नेकपा (माओवादी केन्द्र)बाट टिकाराम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट धर्मराज जैसी तथा नेकपा (संयुक्त)बाट निता शर्माले उम्मेदवारी दिनुभएको छ।


श्रम संस्कृति पार्टीबाट मानबहादुर बैगार, राष्ट्रिय जनमोर्चा पार्टीबाट रतन सिंह रावत, आम जनता पार्टीबाट रामेश्वर चौधरी, जनमत पार्टीबाट शशिकुमार यादव र मंगोल नेशनल अर्गनाइजेसनबाट सोमबहादुर तामाङ उम्मेदवार रहनुभएको छ। उज्यालो नेपाल पार्टीबाट धर्मबहादुर चौधरीले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ। यसै क्षेत्रमा नुतन चौधरीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ।


नेकपा (एमाले) बाट उम्मेदवारी दिएकी विमला वि.क. पूर्व राज्यमन्त्री हुनुहुन्छ भने नेपाली काँग्रेसका उम्मेदवार किशोरसिंह राठौर पार्टीका पूर्व सहमहामन्त्री रहनुभएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update