नेभिगेशन
समाचार

संघर्षबाट प्रतिनिधित्वतर्फ : जेन–जी आन्दोलनका घाइते प्रकाश बोहोरालाई रास्वपाले समानुपातिक उम्मेदवार बनाएको छ।

दैलेख, नारायण नगरपालिका–८ का प्रकाशबहादुर बोहोरा जेन–जी आन्दोलनमा गम्भीर घाइते भए पनि अब राजनीतिक प्रतिनिधित्वको ढोकामा उभिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उनलाई प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारका रूपमा अघि सारेको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिक बन्दसूचीअनुसार बोहोराको नाम ‘खस आर्य’ क्लस्टर अन्तर्गत चौथो नम्बरमा समावेश गरिएको छ।

आन्दोलनको अग्रपंक्तिमा उभिएर आफ्नो आवाज उठाएका बोहोरालाई पार्टीले दिएको यो जिम्मेवारीलाई नागरिक संघर्षप्रतिको सम्मानका रूपमा हेरिएको छ।
जेन–जी आन्दोलनका क्रममा भाइरल बनेको रगत लतपतिएको जुत्ता प्रकाशकै हो। २३ भदौमा प्रदर्शनका लागि नयाँ वानेश्वर पुगेका बेला प्रहरीको गोली लागेर उनी सडकमा ढलेका थिए।

तत्कालै साथीहरूले उनलाई उद्धार गरी राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याएका थिए।
बानेश्वरमा छुटेको रगतले भिजेको जुत्ताको तस्बिर आन्दोलनको प्रतीक बनेर सामाजिक सञ्जालमा फैलिएको थियो। हाल उनी राष्ट्रिय ट्रमा सेन्टरको चौथो तलास्थित बेड नं ४५१ मा उपचाररत छन्। उनको घुँडामाथि गोली लागेको थियो।
आन्दोलनको पीडाबाट प्रतिनिधित्वको यात्रासम्म पुगेका प्रकाश बोहोराको उम्मेदवारीले लोकतान्त्रिक आन्दोलनमा घाइते भएकाहरूको आवाज संसदसम्म पुग्ने अपेक्षा थप बलियो बनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update